Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पूर्वअधिराजकुमारी प्रेरणाको सम्पति तत्काल फिर्ता गर

काठमाडौं: पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहले दाइजो तथा बकसबाट प्राप्त घरजग्गा २०६३ को राजनीतिक परिवर्तनपछि अधिग्रहण गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीश चोलेन्द्रशमशेर राणाको संयुक्त इजलासले आइतबार निजी भोगचलनमा रहेको उक्त घरजग्गा अधिग्रहणलाई अवैध भन्दै नेपाल ट्रस्टबाट तत्काल फिर्ता गर्न आदेश दिएको हो।

यो आदेशसँगै प्रेरणाको उक्त घरजग्गा नेपाल ट्रस्टमा राख्ने सरकारको निर्णय बदर भएको समाचार अन्नपूर्णपोष्टले छापेको छ। सरकारले नेपाल ट्रस्ट अध्यादेश, २०६४ अनुरूप प्रेरणाको घरजग्गा अधिग्रहण गरी ट्रस्टमा राखेको थियो।

सर्वोच्चले नेपाल ट्रस्ट ऐन, २०६४ अनुरूप राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूका छोराहरू दीपेन्द्र र निराजनका नामको सम्पत्ति ट्रस्टमा जाने कानुनी व्यवस्था भए पनि सोबाहेक अन्य सदस्यका नामको सम्पत्ति ट्रस्टमा राख्न कानुनी व्यवस्था नभएको फैसला सुनाएको छ।

तत्कालीन राजा एवं आफ्ना पिता ज्ञानेन्द्र शाहबाट दाइजो बकस पाएको उक्त घरजग्गामाथि कसैले प्रश्न उठाउन नसक्ने दाबीसहित प्रेरणाले गत माघ २५ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।





Comments

comments

3196