कांग्रेस सभासद चौधरी कुटिए

वीरगन्ज- नेपाली कांग्रेस पर्साका सभापति समेत रहेका सभासद् सुरेन्द्रप्रसाद चौधरी सोमबार जिल्ला कार्यसमितिको बैठकका दौरान कुटिएका छन्।

बैठकका सहभागिहरुका अनुसार पर्सा क्षेत्र नमबर ४ को सदस्या बितरण र पार्टीको आन्तरिक काम कारवाहीबारे छानबिन हुनुपर्ने प्रस्ताव पेश भएपछि चर्काचर्की सुरु भएको समाचार नागरिक दैनिकमा छ।

बैठकमा आमन्त्रीत कांग्रेस केन्द्रीय सदस्य अजय चौरसियाले छानबिनको पक्ष लिएपछि क्षेत्र नमबर ४ का सभापति श्रीकुशुन चौहनाले बादबिवाद गरेका थिए। सोही क्षेत्रबाट निर्वाचित पुर्वमन्त्री समेतरहेका चौधरीले चौहानको पक्ष लिदै चौरसियालाई धक्का दिन खोजेपछि जिल्ला कार्य समितिका सदस्यहरुबाट उनी कुटिएको बैठकमासहभागि जिल्ला समिति सदस्य नवीन सिंहले बताए।

सदस्यता लगायतका बिवाद छिनोफानो गर्न बसेको बैठकमा कुटाकुट सुरु भएपछि केन्द्रीय पर्यवेक्षक फमुला मन्सुर बैठकबाट निस्केर सुरक्षित ठाउँतर्फ लागेका थिए। घट्नाले आफुहरु दुखि भएको पर्सा कांग्रेसका नेता जिल्ला बिकास मितिका पुर्व सभापति जनार्दन सिंह क्षेत्रीले प्रतिक्रिया दिए।





Comments

comments

Leave a Reply

7132