Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘हिमाली हिरा’ अवैध बाटो हुँदै तिब्बत

सुर्खेत, उपल्लो डोल्पाका रिजिङ थुर्वा यार्सागुम्बा संकलन गरेर वर्षेनी असार अन्त्यतिर तिब्बतको क्याटो बजार पुग्छन् जहाँ उनलाई तिब्बती ग्राहक पैसा बोकेर पर्खिरहेका हुन्छन्।

डोल्पा सदरमुकामदेखि पाँच दिन हिँडेर पुगिने क्याटोमा थुर्वाजस्ता हजारौं स्थानीय यार्सा बोकेर पुगेका हुन्छन् । नेपालको हिमाली बुटी त्यहाँ नेपाली मुद्रामै साटिन्छ । तर, नेपालको राज्यकोषमा भने एक सुका राजस्व पनि जम्मा हुँदैन।

‘दुःख गरेर टिपेको यार्सा अनेक झन्झट बेहोरेर नेपाली बजारमा बिक्री गर्नुभन्दा उतै सजिलो लाग्छ,’ उनले भने,‘त्यही भएर हामी तिब्बतमै गएर बेच्छौं, भाउ पनि राम्रो पाइन्छ।’

हिमाली हिरा भनेर चिनिने यार्सागुम्बा कसरी अवैध निकासी भइरहेको छ भन्ने यो यो एक दृष्टान्त हो । नेपाली अर्थतन्त्रमा ठूलो योगदान दिने सम्भावना बोकेको यार्सा–व्यवसायलाई सरकारले प्रभावकारी नीति बनाएर व्यवस्थापन गर्न नसक्दा वर्षौदेखि यसको अवैध निकासी भइरहेको छ। यसबार जानकार सरकारी निकाय मौनता साँधेर बसिरहेको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।





Comments

comments

Leave a Reply

7130