Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पतिले घुस बुझ्दा मन्त्रीको पद धरापमा

काठमाडौं – प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) मा सदस्य सचिव हुँदा करोडौं भ्रष्टाचार काण्ड लागेका जयबहादुर टण्डनलाई परिषद्को उपाध्यक्ष बनाउन शिक्षामन्त्री चित्रलेखा यादवका श्रीमान श्रीकृष्ण यादवले पेश्की बुझेको चर्चाले शिक्षा मन्त्रालयमा खैलाबैला मच्चिएको छ।

परिषद् इतिहासकै सबैभन्दा भ्रष्ट र बदनाम सदस्यसचिव मानिने टण्डनले उपाध्यक्ष हुनका लागि मन्त्रीपतिलाई पट्याएका हुन् । शुरुमा मन्त्री यादव टण्डनको नामै सुन्न चाहँदैनथिइन् । तर, पतिले पेश्की बुझिसकेपछि उनी नैतिक संकटमा परेको स्रोतले जनाएको छ।

परिषद्को उपाध्यक्ष हुँदा यसअघिका डा. गोपाल खनालले १८ वटा नर्सिङ कलेजको सम्बन्धनका लागि मात्रै एक करोड बढी उठाएका थिए। खनालले आफ्नो कार्यकालमा ५ करोडभन्दा बढी कमाएको झलझली देखेका टण्डन उपाध्यक्ष हुने अवसर कुनै पनि हालतमा छाड्न चाहँदैनन्। उनले यसबीचमा मन्त्रिपरिषद्मा एक करोडसम्मको लेनदेन गरिसकेको परिषद्का अधिकारीहरु बताउँछन्। उता, टन्डन उपाध्यक्ष भएर आएमा आफूले काम गर्न नसक्ने भन्दै सदस्य सचिव डा. रामहरि लामिछाने गोजिमा राजीनामा बोकेर हिँडेका समाचार आजको साँघु साप्ताहिकमा छापिएको छ।





Comments

comments

Leave a Reply

7128