Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सहारा एकेडेमीको अक्षयकोषमा रकम आउने क्रम जारी

दिननाथ बराल / एचकेनेपाल डट कम –
पोखरा, १८ असार। सहारा एकेडेमिलाई दिगो रुपमा संचालन गर्ने उद्धेश्यले स्थापना गरीएको सहारा एकेडेमि अक्षयकोषमा रकम आउने क्रम जारी रहेको छ।

पछिल्लो क्रममा पोखरा बाटुलेचौर निवासी १८ वर्षदेखि हङकङमा कानुन ब्यवसायी तथा लोकदोहरी गायकको भूमिका निभाउदै आएका देब गुरुङले सहारा एकेडेमिको अक्षयकोषको लागि ५० हजार एक सय रुपैया सहयोग गरेका छन्। उनले एक समारोहका विच क्लवका अध्यक्ष विरभद्र आचार्यलाई उक्त रकम हस्तान्तरण गरेका हुन्। हङकङबाट पोखरा आउने क्रममा एकेडेमि अवलोकन गरेका गुरुङले एकेडेमिलाई संचालन गर्न सहज होस् भन्ने उद्धेश्यले आफ्नो क्षेत्रबाट सानो सहयोग गर्न पाएकोमा खुसि व्यक्त गरे। दाताको सहयोगबाटै एकेडेमीको यात्रा यहाँसम्म आएको बताउदै अध्यक्ष आचार्यले दिगो रुपमा एकेडेमि संचालन गर्न स्थापना गरिएको सहारा एकेडेमि अक्षयकोषमा हालसम्म ५ लाख रुपैया संकलन भएको बताए।

दोविल्लामा आफ्नै भवनमा हालै संचालनमा आएको सहारा एकेडेमिमा कठिन परिस्थिति एवं विपन्न वर्गको वालकहरु सम्मिलित सहारा एकेडेमीमा हाल १० जिल्लाका २१ जना वालकहरु रहेको क्लवका महासचिव केशवबहादुर थापाले बताए। क्लवले उक्त एकेडेमीमा ३० जना पुराउने लक्ष्य राखेको छ।

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम





Comments

comments

320