Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेदरल्याण्डमा स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्ती

द्रोण रिजाल / एचकेनेपाल डट कम –
नेपाली जनसम्पर्क समिति नेदरल्याण्डको आयोजनामा राजाधानी अम्सटर्डममा महामानब स्व. गिरिजाप्रसाद कोइरालाको ९१औं जन्मजयन्ती भब्य रुपमा सम्पन भएको छ।

कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष दिपक रेग्मिले गर्नुभएको थियो। स्व. गिरिजाप्रसाद कोइरालाको ब्यक्तित्व र योगदानका बारेमा प्रकाश पार्दै गैरआवसीय नेपाली संघ नेदरल्याण्डका अध्यक्ष कृष्णराज अधिकारीले आफ्ना सारगर्भिक मन्तब्य राख्नु भएको थियो। त्यस्तै गरी सबैलाई एकजुट बनाउदै राष्ट्रलाई शान्ति कायम गराउन कोइरालाको सफल नेतृत्व प्रमुख कारण रहेको स्मरण गर्दै राज्यले असल अभिभवक गुमाएकोमा दुखी हुँदै जन संपर्क समितिका संस्थापक अध्यक्ष नारायण आचार्यले आफ्ना अभिब्यक्ति राख्नुभएको थियो।

कार्यक्रमको सञ्चालन समितिका महामन्त्री उतम कडेंलले गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति आस्थावान प्रबासी नेपालीहरुको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो।





Comments

comments

325