Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तमू समाज कुवेतद्वारा रक्तदान कार्यक्रम सम्पन्न, १०३ जनाले रक्तदान गरे

राजु गुरुङ / एचकेनेपाल डट कम –
कुवेत। ‘रक्तदान जीबनदान’ भन्ने पवित्र वाणीलाई आत्मासाथ गर्दै कुवेतमा कृयाशिल सस्था तमू समाज, कुवेतले गत शुक्रबार २७ जुन २०१४ का दिन सेन्ट्रल ब्लड बैंक कुवेतको मातहतमा आयोजना गरेको दोश्रो रक्तदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।

निर्धारित समय अपरान्ह एक बजेदेखि शुरु भएको उक्त कार्यक्रमलाई प्रमुख अतिथि प्रथम सचिब तथा का.बा. राजदूत बिशाल भट्टराई तथा सेन्ट्रल ब्लड बैंक कुवेतकी प्रतिनिधि डा. रानीया ईब्राहिमद्वारा संयुक्त रुपमा रिबन काटेर समुद्घाटन गरिएको थियो।

कार्यक्रममा का.बा. राजदूत बिशाल भट्टराईले तमू समाजद्वारा आयोजना गरिएको यस मानवीय कार्यको लागि आयोजक र सहभागी सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद दिदै आफू स्वयं रक्तदाता रही आएको बताउदै यस पुण्यकार्यमा लाग्न सबैलाई हौसला प्रदान गर्नु भयो। मन्तब्यकै क्रममा सेन्ट्रल ब्लड बैंक कुवेतकी प्रतिनिधि डा. रानीया ईब्राहिमले सबैलाई स्वागत गरेकी थिइन्। समाजका सचिव राजु गुरुङले सञ्चालन गरेको उक्त औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष एवं संयोजक खोप गुरुङले रक्तदान कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने समाजका सम्पूर्ण सदस्यहरु, प्रायोज बहराइन एक्स्चेन्ज (बीईसी), नेपाली राजदूताबास, बिभिन्न नेपाली सँघ-संस्था, बुद्धिजीबी एवं पत्रकार सबैलाईलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।

आयोजकद्वारा कुवेतको बिभिन्न शहर/स्थानहरुबाट निशुल्क यातायातको ब्याबस्था गरिएको उक्त दोस्रो सामुहिक रक्तदान कार्यक्रममा दस जना नेपाली महिलासहित जम्मा १०३ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरे जस मध्ये ४५ जनाले जीवनमा पहिलो पटक रक्तदान गरेका थिए। उक्त कार्यक्रममा का.बा. राजदूत बिशाल भट्टराईलगायत नेपाली समाजका मान्य ब्यक्तिहरुद्वारा पनि रक्तदान गरेका थिए।

त्यस्तै गरी, ललितपुरका बिक्रम तथा नेहा थापाको दम्पती ‘थापा कपोल’ एवं नुवाकोटका सहोदर दाजुभाइ ईष्टमान तथा पोष्टमान वाईबा ‘लामा ब्रदर्स’ द्वारा पनि सयुक्त रुपमा रक्तदान गरेका थिए। स्मरण रहोस, गत बर्ष जम्मा ६२ जना रक्तदाता भए पनि नेपालीहरुमा मात्र सिमित थिए। यसपाली भने छिमेकी मुलुक भारत तथा पाकिस्तानका नागरिकहरु पनि सहभागी भै रक्तदान गरेका थिए। साथै औषधी सेवन गरि रहेको, रक्तचाप उच्च वा कमी रहेको कारण ब्लड बैंकका मेडिकल स्टाफद्वारा तत्काल रक्तदान नगर्न सुझाब दिएकोले केही ईच्छुक रक्तदाताहरु रक्तदान गर्न असमर्थ रहे।

मुख्य प्रायोज बहराइन एक्स्चेन्ज (बीईसी) रहेको रक्तदान कार्यक्रममा चौतारी रेष्टुरेण्टका रानाध्वोज लामाद्वारा फलफूल, सुरेन गुरुङ, शुष्मा गुरुङ, बिनोद गुरुङ, बाबु गुरुङद्वारा पानी तथा जुस सौजन्य स्वरुप प्रदान गरेका थिए। कार्यक्रम सफल बनाउन नबिन गुरुङ, दूतप्रसाद गुरुङ, धन प्रसाद गुरुङ, प्रेम गुरुङ, सुरेन गुरुङ, कुमार गुरुङले यातायात ब्यबस्थापन गरी सहयोग गरे भने कार्यक्रमको प्रचारप्रसारमा राजु गुरुङ, सुरेश गुरुङ, डम्बर रिमाल, गोपाल गुरुङ र शिवराम पौडेलले सहयोग गरेका थिए।

कार्यक्रममा प्रत्येक स्वयंसेवी रक्तदाताहरुलाई आयोजकद्वारा आयम ब्लड डोनर ‘म रक्तदाता हुँ’ भन्ने लेखिएको ब्याजले सम्मान गर्दै जुस, पानी तथा फलफूलको भोजन गराइेको थियो साथै आयोजकको प्रायोजनको लागि सम्पूर्ण रक्तदाताहरुको नामावली एवं ठेगानाको विवरण संकलन पनि गरिएको थियो।





Comments

comments

329