सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनीको म्युनिख इन्टरनेशनललाई दिने तयारी गरेको छ।
जर्मन सरकारको २६ प्रतिशत स्वामित्व रहेको म्युनिख एयरपोर्टको प्रस्तावमाथि अध्ययन गरीरहेको पर्यटन मन्त्रालयले जनाएको छ।
गत जेठ १६ गतेको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खुला प्रतिस्पर्धाबाट नभई दुई सरकारबीचको सम्झौताबाट ‘जीटुजी’ मोडलमा सञ्चालन गर्ने निर्णय गरेको थियो । जर्मन सरकारको स्वामित्वमा उक्त कम्पनीले विमानस्थल सञ्चालनका लागि पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय र नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई गत असारमा औपचारिक प्रस्ताव पठाएको थियो।
म्युनिखले गौतमबुद्ध विमानस्थल ५० वर्षका लागि सञ्चालनको जिम्मा दिन प्रस्ताव गरेको छ । यो समाचार आर्थिक अभियानमा टीपी भुसालले लेखेका छन्।