सी भ्रमणमा १० परियोजना पेस गरिँदै

चीनका राष्ट्रपति सी चिनफिङ

सरकारले चीनका राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणमा पेस गर्ने गरी १० परियोजनाको सूची तयार पारेको छ।

सूचीमा रेलमार्ग, सडक निर्माण, सुरुङदेखि प्रशारण लाइन, जलविद्युत् र विश्वविद्यालय खोल्नेसम्मका परियोजना रहेका छन्।

बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका लागि तयार सूचीमा सबैभन्दा बढी सात योजना भौतिक पूर्वाधार तथा योजना मन्त्रालयका मन्त्रालयका छन् । ऊर्जा मन्त्रालयका दुई र शिक्षाको एक परियोजना छन्।

भौतिक पूर्वाधारअन्तर्गत काठमाडौँ टोखादेखि नुवाकोटको छहरेसम्मको सुरुङमार्ग, केरुङ–काठमाडौं सडक स्तरोन्नति, तातोपानी नाका स्तरोन्नति, अरनिको राजमार्ग स्तरोउन्नती, उपत्यका रिङरोड स्तरोन्नति, केरुङ–काठमाडौं रेलमार्ग र किमाथान्का–धनकुटा–हिले सडक निर्माण परियोजना छन् । यो समाचार कान्तिपुर दैनिकमा जगदीश्वर पाण्डेले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

32051