‘मंसिरमध्यसम्म रेल चल्छ’

फाइल फोटो

नेपाललाई भारतको राजधानी नयाँदिल्ली, कोलकातालगायत प्रमुख शहरसँग जोड्ने लक्ष्य लिएको रेल सेवा सुचारु हुन सकेको छैन।

गत वर्षको असोजदेखि जनकपुरधाम–जयनगर रेल सेवा सुरु हुने चर्चा थियो तर चलेन । रेल चल्न भनेर धेरै पटक मिति तोकिए पनि त्यो केवल चर्चामै सीमित भयो।

रेल विभागका महानिर्देशक बलराम मिश्रले मंसिरदेखि रेल चल्ने बताएका छन् । ‘रेल सेवा सुचारु गर्न कम्तीमा २ सय कर्मचारी चाहिन्छ तर कर्मचारी छैन’, महानिर्देशक मिश्रले भने, ‘कर्मचारी भर्ना प्रक्रिया र रेल इन्जिन नेपाल ल्याउन केही महिना लाग्छ, तर अब ढिलो हुँदैन । मंसिरमध्यसम्म रेल चल्छ।’ यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा गोविन्द महतोले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

32056