नेपाल वायुसेवा निगमका १४ मध्ये जहाज ‘ग्राउन्डेड’ छन्। तिनको प्रयोग हिनता त छँदैछ, विमानस्थलमा थन्किएबापत तिर्नुपर्ने शुल्क निकै महँगो पर्छ।
वाइडबडी जहाज थन्किँदा पार्किङ शुल्क मात्र दिनेको करिब दुई लाख रुपैयाँ तिर्नुपर्छ । एक साताभन्दा लामो समयदेखि एउटा वाइडबडी विमानस्थलमा छ।
त्यसले दैनिक १६ सय ९८ अमेरिकी डलर भाडा तिर्नुपर्छ । हालको विदेशी विनिमयदर ११३ रुपैयाँअनुसार यसले दैनिक १ लाख ९१ हजार ८७४ रुपैयाँ तिर्छ । ‘विमानस्थल सेवा शुल्क विनियमावली २०६७’ अनुसार कुनै पनि जहाजलाई तीन घण्टासम्म पार्किङ निःशुल्क छ । त्यसपछि हरेक ६ घण्टामा एक पार्किङ हुन्छ ।
एक दिनलाई चार पार्किङ हिसाव गरेर नागरिक उड्डयान प्रधिकरणले दैनिक पार्किङ शुल्क तोक्छ । यो जहाजको तौलअनुसार लाग्छ । यो समाचार अन्नपूर्ण पोष्टमा राजु बास्कोटाले लेखेका छन्।