हामी बिचार निर्यात गर्दैनौं: चीन

फाइल फोटो

चीनले आफ्नो मुलुकले कुनै पनि विचारधारा निर्यात नगर्ने स्पष्ट पारेको छ।

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच राजधानीमा भएको ‘विचारधारात्मक छलफल’ लाई लिएर विभिन्न टिप्पणी हुन थालेपछि चीनले यस्तो स्पष्टीकरण दिएको हो।

‘चीन आफ्नो विचार निर्यात गर्ने मुलुक होइन,’ चिनियाँ राजदूत होऊ यान्छीले भनिन्, ‘हामीले पहिले पनि अन्य मुलुकमा विचार निर्यात गर्दैनथ्यौं। आगामी दिनमा पनि गर्दैनौं।’

राजधानिको एक कार्यक्रममा राजदूत होऊले राष्ट्रपति सी चिनफिङको विचारधारा पहिल्यै अन्तर्राष्ट्रियकरण भइसकेको बताइन् । राजदूत होऊले दुई कम्युनिस्ट पार्टीबीचको बैचारिक बहसलाई अन्यथा लिन नहुने बताइन्। यो समाचार अन्नपूर्णपोष्टमा छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

32068