अमेरिकाको चाहाना- नेपाल कतै नढल्कियोस्

फाइल फोटो

अमेरिकाले नेपाललाई कुनै मुलुकका पक्षमा नलागी ‘नेपालकै पक्षमा रहेको’ हेर्न चाहेको स्पष्ट पारेको छ।

‘नेपाल आफ्नो नीतिमा अडिग हुनुपर्छ, कसैको पक्ष विपक्षमा लाग्नु हुँदैन भन्ने हाम्रो सुझाव छ,’ अमेरिकी राजदूत ¥यान्डीले भने,‘यो भन्दा बढी हामीले सार्वभौम मुलुकलाई केही भन्न सक्दैनौं।’

बेरीले शुक्रबार राजधानीमा कूटनीतिज्ञ, विज्ञ, संवाद, उद्यमी र सञ्चारकर्ममाझ भने,‘हामी नेपालको पुरानो मित्र हौं । नेपाल कसैको पक्षमा नभई नेपालकै पक्षमा रहेको हेर्न चाहन्छौं।

नेपालमा कतिपय विषयमा गलत बुझाइ छ । हामी यस्ता विषय स्पष्ट पार्न चाहन्छौं।’

अमेरिकाले अघि सारेको इन्डो–प्यासिफिक रणनीति(आइपीएस) कुनै रणनीति नभई यो क्षेत्रका लागि अमेरिकी नीति भएको राजदूत बेरीले स्पष्ट गरे। उनले अमेरिकाले नेपाललाई भारत, चीन वा अमेरिका कुनै पनि मुलुकको पक्ष विपक्षमा रहेको हेर्न नचाहेको बताए । यो समाचार अन्नपूर्ण पोष्टमा छापिएको छ।





Comments

comments

32077