अनुपस्थित सांसदको पद जोगाइदिँदै सभामुख

फाइल फोटो

संसदको बर्खे अधिवेशन अवधिमा लगातार दस दिनभन्दा बढी १५ जना सांसद अनुपस्थित भएका छन्।

संविधानको धारा ८९ को खण्ड (घ) मा कुनै पनि संघीय संसदको सदस्य सदनलाई सूचना नदिई लगातार दसवटा बैठकमा अनुपस्थित रहेमा संसद् सदस्यता रिक्त हुने उल्लेख छ।

तर, बिना सूचना लामो समय अनुपस्थित हुने सांंसदलाई पनि अहिलेसम्म कुनै कारबाही भएको छैन।

जिल्ला भ्रमण, विदेश भ्रमण घरायसी काममा व्यस्त रहेकाले उपस्थित हुन नसकेको भन्ने जानकारी दिएको भन्दै उनीहरुको अनुपस्थितीलाई सदर गरेको छ।

तर प्रायः सांसद संसद्लाई बेवास्ता गर्ने गरेकै कारण अनुपस्थित हुने गरेको पाइएको छ । गत असोज २ गतेको संसद् बैठकमा पनि सभामुख कृष्णबहादुर महराले लगातार दस दिनभन्दा बढी अनुपस्थित हुने १५ जना सांसदको बिदा स्वीकृत गरेका थिए। यो समाचार नागरिक दैनिकमा छ।





Comments

comments

32092