भारत–पाकिस्तान युद्ध भए साढे १२ करोड मानिसको मृत्यु हुन सक्छ !

फाइल फोटो

भारत र पाकिस्तानबीच परमाणु युद्ध भएमा साढे १२ करोड मानिसको मृत्यु हुन सक्ने एक अध्ययनले देखाएको छ।

अमेरिकामा गरिएको एक अध्ययनले दुई मुलुकबीच परमाणु युद्ध भएमा त्यसको परिणाम अन्यन्तै दुःखद् हुने जनाउँदै साढे १२ करोड मानिसको अनाहकमा ज्यान जाने उल्लेख गरेको हो।

‘यतिमात्रै होइन विश्वभरि जलवायु परिवर्तनजन्य कारणले अभावह अवस्था आउन सक्छ’ अध्ययनमा भनिएको छ।

रुट्गर्स विश्वविद्यालयका प्राध्यापक ऐलन रोबोकको सहलेखनमा तयार पारिएको अध्ययनमा करोडौं मानिसको ज्यान जाने गरिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ।





Comments

comments

32157