सुरक्षा तयारी बुझेर फर्कियो चिनियाँ सेना

फाइल फोटो

चिनियाँ जनमुक्ति सेना(पीएलए) को उच्चस्तरीय टोली राष्ट्रपति सी जिङपिङको राजकीय भ्रमण सुरक्षा तयारीबारे जानकारी लिएर फर्किएको छ।

सुरक्षा स्रोतका अनुसार गत साता काठमाडौं आएको टोलीले सीमित सरकारी अधिकारीसँगमात्रै भेटेको थियो।

चिनियाँ सेनाको टोलीले सीको भ्रमण सुरक्षा तयारी प्रभाकारी बनाएको भन्दै खुसी व्यक्त गरेको थियो। सीको सुरक्षार्थ तैनाथ चिनियाँ सेनासँग भएको गोप्य छलफलपछि छुट्टाछुट्टै सुरक्षा रणनीति बनाएर व्यवस्थापन भइरहेको खबर कान्तिपुर दैनिकमा छापिएको छ।





Comments

comments

32160