मिस पूर्वाञ्चलको दसौं संस्करणको आवेदन अनलाइन र एसएमएसबाट

फाइल फोटो

धरान । २०१० बाट शुरु भएको पूर्वको पुरानो तथा सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित सौन्दर्य प्रतियोगिता नेपालआईस मिस पूर्वाञ्चलको दसौँ संस्करणको तयारी सुरु गरिएको छ।

हरेक बर्ष कम्तीमा १२ कक्षा पढ्दै गरेका पूर्बी नेपालका युवतीहरुलाई सहभागी गराइने कार्यक्रम हरेक बर्ष धरानमा आयोजना हुदै आएको छ। सिजी ब्रुअरीको मुख्य प्रायोजनमा आयोजना हुने दसौ संस्करणको मिस पूर्वाञ्चलको लागि आवेदन फारम खुल्ला भएको आयोजकले जानकारी दिएको छ। आवेदन अनलाइनसंगै एसएमएसबाट समेत आवेदन दिन सकिने छ।

मिस पूर्वाञ्चलको अफिसियल फेसबुक पेज www.facebook.com/misspurwanchal मा रहेको अनलाइन फर्म https://form.jotform.me/82961537794472 भरेर अथवा मोबाइलको म्यासेज बक्समा गई MP सहभागीको नाम, उचाई, उमेर र ठेगाना टाइप गरि ३५००५ मा पठाउनु पर्ने छ । अनलाइन तथा एसएमएसबाट आएका आवेदनहरूका आधारमा तिहारपछि दसौँ संस्करणको मिस पूर्वाञ्चलको अडिसन सुरु हुने बताइएको छ।

त्यस्तै पूर्व भरिको कुनै पनि सौन्दर्य प्रतियोगिताको बिजेता तथा उप -बिजेताहरुलाई बिना अडिसन सहभागी गराईनेछ भने तिहारलगतै अडिसन मिति र कार्यक्रमको फिनाले मितिसमेत सार्वजनिक गरिने छ।

अडिसनपछि छानिएका प्रतियोगीहरुलाई एक महिना व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ।

बिजेता , फर्स्ट रनर अप , सेकेन्ड रनर अपसंगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, रमिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका बिभिन्न सब -टाइटलको उपाधिसंगै बिजेताहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ। गत बर्ष पौष १४ गते सम्पन्न नेपाल आइस मिस पूर्वाञ्चल नवौँ संस्करणमा विजेता पूजा श्रेष्ठलाई मिस पूर्वाञ्चल २०१८ को उपाधिसँगै यामाहा- फेसिनोको स्कुटर र हङगकङ भ्रमणको अवसर प्रदान गरिएको थियो । त्यस्तै फस्ट र सेकेन्ड रनर अफलाई क्रमशः नगद एक लाख र पचास हजार प्रदान गरिएको थियो।

सिल्भर इन्टरटेन्टमेन्टको आयोजनामा भएको मिस पूर्वाञ्चलको उपाधि यस अघि २०१० मा सविना सुब्बा (बिर्तामोड), २०११ मा प्रतिभा श्रेष्ठ (धरान ), २०१२ मा अस्मिता गुरुङ(धरान ), २०१३ मा नेहा बजाज(धरान ), ,२०१४ मा नेमिता आङबुहाङ(उर्लाबारी ), २०१५ मा प्रियङका श्रेष्ठ (बिराटनगर ),२०१६ मा कृतिका गिरी (बिर्तामोड) , २०१७ मा रुबी लिम्बु (धरान) र २०१८ मा पुजा श्रेष्ठ(भद्रपुर ) ले जितेकी थिईन्।





Comments

comments

32263