कबि राईको ‘म त कुनै फूल भए हुन्थ्यो…’ (म्युजिक भिडियो)

म त कुनै फूल भए हुन्थ्यो..

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान, हङकङमा बसोबास गर्ने धराने गायक कबि राईले लामो समयको अन्तरालपछि नयाँ गीत र म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

६ बर्षअघि आमा अल्बम निकालेका गायक कबिले म त कुनै फुल भए हुन्थ्यो बोलको गीत म्युजिक भिडियोसहित रिलिज गरेका छन्।

विभिन्न टिभी च्यानल तथा बुढासुब्बा म्युजिकको युट्युब च्यानलबाट हालै रिलिज गरिएको गायक कबि राईको म्युजिक भिडियोमा अहिलेका चर्चित मोडल नीराजन प्रधान र रेखा लिम्बुको अभिनय रहेको छ भने सोनाम पाख्रिनको निर्देशन रहेको छ।

गायक कवि राई

बिकाश दाहालको सम्पादन तथा बुद्ध थापाको छायांकन रहेको गीतको संगीत नवराम राई र शब्द संजु राईको रहेको छ।

लामो समयपछि आएको आफ्नो गीतको राम्रो प्रतिक्रिया पाइरहेको र अझ काम गर्ने हौसला मिलेको गायक कबि बताउछन्। बिगतमा उनले आमा, कबि र रेल्वे ब्याण्ड अल्बम ल्याइसकेका छन्।

म्युजिक भिडियो लिंक





Comments

comments

32267