Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
तमु धीं जापानको २० औं ल्होसार जनवरी २ मा हुने – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तमु धीं जापानको २० औं ल्होसार जनवरी २ मा हुने

श्री तमु / एचकेनेपाल डट कम-
टोकियो। गुरुङहरुको महान पर्ब ल्होसार बिगत बर्षहरुमा झैँ यस बर्ष पनि तमु धीं जापानले जनवरी २ तारिख शुक्रबारका दिन २० औं ल्होसार साँझ गर्ने भएको छ।

डिसेम्बर ७ तारिख आईतबार कामतास्थित न्यु देबी रेस्टुरेन्टमा तमु धीं जापानका अध्यक्ष भिम तमुको अध्यक्ष्यतामा बसेको बैठकले बरिष्ट उपाध्यक्ष श्री तमुको संयोजकत्वमा २० औं ल्होसार साँझ मूल आयोजक समिति गठन गरिएको छ।

संस्कृतिक संयोजकमा धींका संस्कृतिक संयोजक याम तमु, टिकट तथा ब्यानर संयोजकमा सल्लाहकार ओम प्रकाश तमु र मिलन तमु,गुरुङहरुको प्रचलित पुरानो परम्परा छ्याटु नृत्यको संयोजकमा सल्लाहकार हर्क तमु र युवा संयोजक लिल तमु, आर्थिक संयोजकमा कोषाध्यक्ष प्रकाश तमु, प्राबिधिक संयोजकमा जितमान तमु, अतिथि सत्कार संयोजकमा उपाध्यक्ष श्रीमती अनिता तमुस्यो, अनिला तमुस्यो साथै स्वयम् सेवक संयोजकमा बुद्ध तमु, लिल तमु चयन गरिएको छ।

हरेक बर्ष तमु धिं जापानले नेपालबाट तमु कलाकारहरुलाई निमन्त्रणा गरि ल्होसार साँझ सम्पन्न गरिएको थियो भने यस बर्ष अर्थात् २० औं ल्होसार साँझमा नेपालका चर्चित लोक दोहोरी गायिका शन्ति तमुस्योलाई जापान निम्त्याउने भएको छ भने गायिका शान्ति तमुस्योको सु-मधुर स्वर तथा स्थानीय कलाकारहरुको बेजोड संस्कृतिक नृत्यका साथ यस बर्षको ल्होसार भब्य रुपमा मनाउने २० औं ल्होसार संयोजक श्री तमुले जानकारी गर्नु भएको छ।

प्रबासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातीय पहिचान, भाषा, संस्कार – संस्कृतिलाई बचाई राख्न तमु धीं जापानले बिगत बर्षहरुमा पनि यसै गरि नेपालबाट चर्चित गायक तथा गायिकाहरुलाई जापान निम्त्याई भव्यताका साथ ल्होसार साँझ सम्पन्न गर्दै आई रहेको छ। ” तल्हो ” (घोडा वर्ग) को बिदाई गर्दै ” मुल्हो ” (भेडा वर्ग) को आगमनसंगै २० औं ल्होसार साँझमा सहभागी भैं दिनुहुन जापानबासी दाज्युभाई दिदीबहिनीहरुलाई तमु धीं जापान बिनम्र अनुरोध गरेको छ।

मिती : जनवरी २ तारिख शुक्रबार २०१५
समय : बेलुका ४ बजे देखि
स्थान : युनिभर्सल सिटी हल खाबुकी च्यो, सिन्जुकु, टोकियो
आयोजक : तमु धीं जापान
सम्पर्क :
२० औं ल्होसार संयोजक : श्री तमु (०९० ४४५३ ५३५० )
संस्कृतिक संयोजक : याम तमु ( ०९० ६१४७ ५१४८ )
महासचिब : अमर तमु ( ०९० ८५०२ ४०७२ )





Comments

comments

3230