Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एकतर्फी प्रेममा परेर रितुको हत्या

काठमाडौं, २६ मंसिर। पाँच वर्षदेखि एकतर्फी प्रेम गर्दै आएका युवकले रितु महासेठको हत्या गरेको स्वीकारेका छन्।

धनुषामा पहिला महासेठकै घरमा ट्याक्टर चलाउने विमलेशप्रसाद यादबले आफ्नो प्रेम अस्वीकार गरेको भन्दै छुरा हानेको बयान दिएका छन्।

घटनाको चार दिनपछि प्रहरीले यादवलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त सिंहदरबारले उनलाई बालाजुस्थित साथीको डेराबाट पक्राउ गरेको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ। पक्राउपछि उनले आफ्नो प्रेमलाई अस्वीकार गरेकाले हत्या गरेको बताएका छन्।

शनिबार बिहान सवा ११ बजे साथीको बिहेमा जान होस्टेलबाट निस्किएलगत्तै महासेठमाथि अन्धाधुन्ध छुरा प्रहार भएको थियो।





Comments

comments

3243