Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायत पठाउने भन्दै ३३ लाख ठगी

काठमाडौं, २६ मंसिर। वैदेशिक रोजगारीका लागि बेलायत पठाउने भन्दै एक दलालले एकै व्यक्तीसँग ३३ लाख रूपयाँ असुल गरेको छ।

म्याग्दी तुलसीकुमारी चेचाङ्गीले म्याग्दीकै एजेन्ट गिरबहादुर पुन विरूद्द वैदेशिक रोजगारीमा ठगी गरेको मुद्दा दायर गरेपछि यति ठूलो रकम ठगी गरेको खुलासा भएको समाचार आजको कारोबार दैनिकमा छापिएको छ।

पीडित चेचाङ्गीले एजेन्ट पुनबाट रकम असुल गरी फिर्ता गर्न र हदैसम्मको कारबाही गरी पाँउ भनेर विभागमा उजूरी गरेकी छन्। रकम असुल गरेर पुनले डेढ वर्षदेखि चेचाङ्गीलाई झुलाउँदै आएका थिए।





Comments

comments

3245