चिनियाँ टोलीले दैलेखमा सुरु गर्‍यो पेट्रोलियम पदार्थको अन्वेषण

फाइल फोटो

पेट्रोलियम पदार्थको दोस्रो चरणको अन्वेषणका लागि दैलेख आएको चिनियाँ प्राविधिकको टोलीले काम सुरु गरेको छ।

दुई देशबीचको सम्झौता अनुरुप यहाँ आएको टोलीले सिस्मिक, जिओलोजिकल र म्याग्नेट सर्वेलगायतका कामहरु सुरु गरेको हो।

प्रारम्भिक चरणको अध्ययन गरिसकेको अनुसन्धान टोलीले अब ३ महिना जिल्लामै बसेर अन्वेषण गर्नेछ।

यसका लागि प्राविधिक टोलीले आफ्नो बेस क्याम्प नै निर्माण गरिसकेको छ। यो समाचार आर्थिक अभियान दैनिकमा पंखबहादुर शाहीले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

32514