अस्तित्व जोगाउने संघर्षमा ल्याण्डलाइन, १० वर्षमा पनि भएनन् १ लाख ग्राहक

फाइल फोटो

नेपालमा डेढ दशक अघिसम्म निकै लोकप्रिय रहेको आधारभूत टेलिफोन सेवा अर्थात् पब्लिक स्वीच्ड टेलिफोन नेटवर्क (पीएसटिएन) यतिबेला अस्तित्व जोगाउने संघर्षमा छ।

सरकारी स्वामित्वको नेपाल टेलिकमले मात्रै दिँदै आएको यो सेवा मोवाइल सेवामा भएको तीब्र विकाससँगै ग्राहक र कम्पनी दुवैको प्राथमिकतामा परेको छैन।

पछिल्ला मोबाइल प्रविधिले पीएसटीएन सेवाको बजार हिस्सा खोसिएको छ । सेवाप्रदायक कम्पनी टेलिकमले यो सेवामा पछिल्लो १० वर्षमा १ लाख ग्राहक पनि बढाउन सकेको छैन। यो समाचार कारोबार दैनिकमा सरस्वती ढकालले लेखेकी छिन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

32517