१५ प्रतिशत विद्युत महशुल वृद्धि गर्ने प्राधिकरणको प्रस्ताव

फाइल फोटो

नेपाल विद्युत प्राधिकरणले १५ प्रतिशतसम्म विद्युतको महशुल वृद्धि गर्ने गरी प्रस्ताव गरेको छ।

प्राधिकरणले सञ्चालक समितिबाट निर्णय गरी बुधबारै विद्युत् नियमन आयोगसमक्ष महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो।

नियमन आयोगले ‘विद्युत उपभोक्ता महशुल निर्धारण निर्देशिका २०७६’ मस्यौदा राय सुझावका लागि सार्वजनिक गरेकै दिन प्राधिकरणले महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो।

नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले प्राधिकरणले बुधबार मात्र महशुल वृद्धिका लागि प्रस्ताव गरेको जानकारी दिए । यो समाचार कारोबार दैनिकमा भीम गौतमले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

32558