फागुनसम्म तीन अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्ने तयारी

अन्तर्राष्ट्रिय गन्तव्य

वित्तीय संकटमा रहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आगामी ४ महिनाभित्र तीन अन्तर्राष्ट्रिय गन्तव्यमा उडान सुरु गर्ने भएको छ।

दुई वाइड बडी जहाज पूर्णरुपमा सञ्चालन गर्न नसक्दा आलोचित निगमले फागुनसम्म जापानको नारिता, साउदी अरेबियाको रियाद र चीनको क्वाङचाउ उडान गर्ने बताएको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सम्बद्ध मुलुकले उडान अनुमति दिनासाथ निगम उड्न तयारी अवस्थामा रहेको दाबी गरे। यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

32561