हङकङमा चिसो मौसमको चेतावनी जारी..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १ जनवरी । हङकङ मौसम विज्ञान विभागले अपराह्न ४:२० बजे चिसो मौसम चेतावनी जारी गरेको छ। आगामी केही दिन बिहानमा हङकङमा चिसो मौसम रहने अपेक्षा गरिएको छ।

विभागका अनुसार, भोलिको दिन शहरी क्षेत्रमा न्यूनतम तापक्रम करिब १२ डिग्री सेल्सियसको वरिपरि रहनेछ भने न्यू टेरिटोरीजमा यो केही डिग्री कम हुने अनुमान छ।

नागरिकहरुलाई न्यानो लुगा लगाउन र कोठाभित्र पर्याप्त हावा आवतजावत सुनिश्चित गर्न सल्लाह दिइएको छ। एक्लै बस्ने वृद्धवृद्धा वा दीर्घरोगीहरूलाई समय समयमा फोन गरेर वा भेटेर सहयोग आवश्यक छ कि छैन जाँच गर्न आग्रह गरिएको छ।

हीटर प्रयोग गर्दा सुरक्षित रहेको सुनिश्चित गर्नुहोस् र तिनलाई ज्वलनशील वस्तुहरूबाट टाढा राख्नुहोस्। न्यानो हुन भित्रमा आगो बाल्ने काम नगर्नुहोस्।

पुरानो प्रकारको ग्यास वाटर हीटर प्रयोग गर्दा कोठामा प्रशस्त ताजा हावा भएको सुनिश्चित गर्नुहोस्।

यो चेतावनी चिसो मौसमबाट हुन सक्ने स्वास्थ्य जोखिमबाट बच्न जारी गरिएको हो। नागरिकहरूलाई सतर्क रहन आग्रह गरिएको छ।





Comments

comments

134896