नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नभएको भारतको दाबी

नक्सा

भारतीय विदेशमन्त्रालयका प्रवक्ताले हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरिएको बताएका छन्।

भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा प्रवक्ता रविश कुमारले सो कुरा बताएका हुन् ।

पत्रकारले भारतले गत शनिवार सार्वजनिक गरेको नयाँ नक्सा र सो सम्बन्धमा उठेका विषय र नेपाल सरकारले आधिकारिक विज्ञप्तिका विषयमा सोधेको प्रश्नको जवाफमा प्रवक्ता रविश कुमारले सो नक्सामा भारतको सार्वभौम भूभाग मात्र समावेश गरिएको स्पष्ट पारे ।

उनले नेपाल भारत सीमासम्बन्ध काम गर्न एक संयन्त्र रहेको र त्यसले काम गरीरहेको बताए । उनले भारत र नेपालले सीमासम्बन्धी विषयलाई द्वीपक्षीय मैत्रीपूर्ण छलफलबाट हल गरिने स्पष्ट गरे । साथै सीमा सम्बन्धी विषयलाई कुनै ‘भेस्टेड इन्ट्रेस्ट’ बाट उठाइएको हुन सक्ने तर्फ सचेत रहनु पर्ने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

32565