रुख कटानको विषयलाई सम्बोधन गर्नेगरी निजगढ विमानस्थल निर्माणको तयारी

प्रतीकात्मक फोटो

बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल न्यून वातावरणीय क्षतिमा निर्माण गर्ने तयारी अघि बढाइएको छ।

विमानस्थल निर्माणमा सबैभन्दा पेचिलो र विवादित बनेको रुख कटानको विषयलाई सम्बोधन गर्नेगरी विमानस्थल निर्माण गर्न लागिएको हो।

जसअनुसार अब विमानस्थल निर्माणमा सवा लाख रुखमात्र कटान गरिने भएको छ।

विमानस्थलको दुईवटा धावनमार्गसहित अन्य पूर्वाधार निर्माण गर्दा विभिन्न प्रजातिका १ लाख २९ हजार रुखमात्र कटान हुने आयोजनाले जनाएको छ। यो समाचार कारोबार दैनिकमा प्रकाश लम्सालले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

32580