Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

विमान अपहरण काण्डमा १४ वर्ष जेल परेका भुपालमानको पीडा

काठमाडौं, २७ मंसिर। विमान अपरहण, बैंक डकैतीसहितका आपराधिक मुद्धाहरु खेप्दै भारतीय जेलमा साढे १४ बर्ष सजाय कटाएपछि अदालतबाट निर्दोष सावित भएर घर फर्केका सिन्धुपाल्चोकका भूपालमान दमाइ अर्थात युसुफ नेपाली आफ्नै देशभित्रको सुरक्षा निगरानीमा छन्।

‘अनाहकमा अभियोग र जालसाझी मुद्धा खेपिरहेका दमाइलाई भारतको पंजाव हरियाणा उच्च न्यायालयले ८ महिनाअघि सफाइ दिएको हो। आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ। तर हाम्रै प्रहरी प्रशासनबाट अनाहको त्रास र असुरक्षा अझै खेपिरहेको छु’ सिन्धुपाल्चोकको एउटा भित्रि गाउँमा भेटिएका ५३ वर्षे दमाइले भने।

एक मित्रलाई कालिमाटी तरकारी बजारमा भेटेर फर्किरहेका बेला गत मंसिर ९ गते उनलाई सादा पोशाकका ब्यक्तिले सडकबाटै पक्रेर लगे। कालिमाटी चौकीमा २ दिन हतकडी लगाएर राखे। २०५६ मा काठमाडौंबाट दिल्लीतर्फ उडेको विमान अपहरणमा दमाइ संलग्न रहेको भन्दै भारतीय प्रहरीले मुम्बइबाट पक्राउ गरेको थियो।





Comments

comments

3262