Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

दुर्घटनामा आफन्त गुमाएकाहरू सुर्खेतमा अलपत्र

सुर्खेत, २७ मंसिर। दुर्घटनामा आफन्त गुमाएका बाजुरा गोत्रीका बासिन्दा सुर्खेतमा अलपत्र परेका छन्। यातायात व्यवसायी र मजदुरले बिहीबारदेखि आह्वान गरेको यातायात बन्दका कारण बस दुर्घटनामा ज्यान गुमाएकाहरुको दाहसंस्कार गर्न सुर्खेत आएका गोत्रीका ७० जनाभन्दा बढी बासिन्दा वीरेन्द्रनगरमा अलपत्र परेका हुन्।

दुर्घटनामा आफन्त गुुमाएको पीडा सेलाउन नपाउँदै बाजुरेलीलाई बन्दका कारण अर्को पीडा थपिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ। यातायात बन्दका कारण घर फर्कन नपाएपछि उनीहरुले मृत्यु भएका आफन्तको किरिया गर्नसमेत पाएका छैनन्। बढी यात्रु चढाएको भन्दै सुर्खेत प्रहरीले २३ जना चालक र सहचालकलाई थुनामा राखेर मुद्दा चलाएपछि यहाँका यातायात व्यवसायी र मजदुर गाडी नै बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्। बन्दका कारण बिहीबारदेखि गाडी नचल्दा पीडित घर जान पाएका छैनन्।





Comments

comments

3260