Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जिम्न्यास्टिकका प्रशिक्षक पनि कोरियामै लुके

१७ औं एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन दक्षिण कोरिया पुगेका नेपाली जिम्न्यास्टिक टोलीका प्रशिक्षक श्रीराम नकर्मी दुई महिनासम्म नेपाल फर्केका छैनन्।

सम्पर्कविहीन अवस्थामा रहेका नकर्मी उतै लुकेको अनुमान गरिएको छ । १७ औं एसियाड ३ देखि १८ असोजमा दक्षिण कोरियाको इन्चोनमा भएको थियो।

प्रतियोगिता सम्पन्न भएपछि नेपाली टोली फर्किए पनि उनी भने उतै बसेका हुन्। नकर्मी अन्तर्राष्ट्रिय मान्यता प्राप्त जिम्न्यास्टिक संघमार्फत इन्चोन पुगेका थिए। नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दुई जिम्न्यास्टिक संघ क्रियाशिल छन्।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त जिम्न्यास्टिक संघको नेतृत्व अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटिका अध्यक्ष धुर्वबहादुर प्रधानले गरेका छन्। यस्तै राष्ट्रिय मान्यता प्राप्त संघको नेतृत्व किशोरबहादुर सिंहले गरेका छन्। (नयाँ पत्रिका दैनिक)





Comments

comments

3265