Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बाहुन डनलाई यसकारण गोलघरबाट निकालियो

केन्द्रीय कारागारले गुन्डाका नाइकेलाई गोलघरबाट बाहिर निकालेको छ भने अर्कालाई गोलघरभित्र पठाएको छ। रमेश बाहुन भनिने सुजन पौडेललाई गोलघरबाट बाहिर निकालिएको छ भने अभिषेक गिरीलाई भित्र राखिएको छ।

जेलभित्रै झगडा गर्न थालेपछि गिरीलाई नख्खु कारागारबाट स्थानान्तरण गरी सुन्धारास्थित गोलघरमा राखिएको हो। एक सरकारी कर्मचारी अपहरण गरी फिरौती लिएको मुद्दामा उनी प्रेमिकासहित गत साउनमा पक्राउ परेका थिए।

लामो समयदेखि फरार रहेका बाहुन गत असारमा पक्राउ परेका थिए। १८ साउनमा जेल परेका बाहुनलाई डिल्लीबजार जेलबाट दुई सातामै सुन्धारा लगेर गोलघरमा राखिएको थियो। जेलभित्रै समूह बनाएर अपराध गर्न सक्ने भन्दै उनलाई गोलघरमा राखिएको समाचार आजको नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

3267