Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आजदेखि झन चिसो, कतै वर्षा, कतै हिमपात

हिउँदको पहिलो वर्षा र हिमपातसँगै शनिबार देशभर चिसो बढेको छ। पश्चिम तराई तथा पहाडी क्षेत्रमा वर्षा र उच्च भूभागमा हिउँ परेको हो।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार चिसो झनै बढ्ने छ। अहिलेसम्म यो वर्षकै चिसो दिन शनिबार रह्यो। हिउँदमा भूमध्यसागरमा न्यूनचापीय वायुको उद्भव हुने गर्छ। पश्चिमी वायुले त्यसलाई पूर्वतिर धकेल्दै ल्याउँछ। त्यही धकेलाईमा न्यूनचापीय जलवाष्पयुक्त वायु इरान, अफगानिस्तान, पाकिस्तान र उत्तर भारत हुँदै शनिबार बिहान नेपाल भित्रिएको हो। दुई मौसमी प्रणालीको बदलाहटले एक्कासि चिसो बढेको महाशाखाले जनाएको छ। ‘हिउँदमा नेपालमा पश्चिमी वायु बहने गर्छ, त्यसमाथि अरब सागरबाट बहेको जलवाष्पयुक्त वायु पनि नेपालमा आइपुगेको छ,’ मौसमविद् राजु प्रधानांगले भने।

वायु विस्तारै सुदूरपश्चिम हुँदै अपराह्न काठमाडौं आसपास आइपुगेको समाचार कान्तिपुर दैनिकमा छापिएको छ। महाशाखाका अनुसार आइतबार फैलिँदै पूर्वी भेगसम्म पुग्नेछ र देशभर अत्यधिक चिसो हुन सक्नेछ।





Comments

comments

3269