हङकङः प्रदर्शनकारीको आक्रमणबाट गम्भीर घाइते बृद्धको मृत्यु

प्रदर्शनकारी र स्थानीयबीच झडप

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १५ नोभेम्बर। प्रदर्शनकारी र स्थानीयबीच विहीवार शेयुङ शुईमा भएको झडपमा घाइते भएका ७० वर्षीय बृद्धको मृत्यु भएको छ।

प्रदर्शनको प्रतिरोधमा उत्रेका स्थानीयबासीमाथि प्रदर्शनकारीले अन्धाधुन्ध प्रहार गरेको ईटा टाउकोमा लागेर बृद्ध तत्काल ढलेका थिए। बृद्ध त्यसबेला मोबाइलबाट भिडियो खिचि रहेका थिए।

सफाई कर्माचारीसमेत रहेका घाइते बृद्धको प्रिन्स अफ वाल्स सा टीन अस्पतालमा उपचारको क्रममा बिहीवार राति मृत्यु भएको जनाइएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

32666