सुन्धाराको २५ रोपनी जग्गा गायब

फाइल फोटो

काठमाडौँको प्रसिद्ध सुन्धाराको संरक्षणका लागि राखिएको २५ रोपनी १२ आना जग्गा गायब भएको पाइएको छ।

यो जग्गाको भोगचलन कोबाट भइरहेछ भन्ने यकिन भएको छैन।

वि.सं. १९०२ को एक लालमोहरमा सुनका पञ्चधारासहित सुन्धाराको उचित रेखदेख गर्ने गरी गोकर्ण र पाटनमा यो जग्गा रेखदेखकर्ताको जिम्मा दिइएको अभिलेख छ।

यी जग्गाको विवरणबारे कुलमानसिंह बस्न्यातमार्फत लालमोहर सम्बन्धितलाई बुझाइएको विवरण छ । शाक्यका अनुसार अहिले सुन्धाराको मर्मत, सफाइ गर्ने गरी को नियुक्त भएको छ भन्नेबारे लगत कार्यालयलाई विवरण प्राप्त भएको छैन। हिजोआज यहाँ सरसफाइ रोकिएको छ।

धरहरा नवनिर्माण सुरु हुनुअगावैसम्म सुन्धारा क्षेत्रलाई स्थानीय क्लबले मर्मत, सफाइ गर्दै आएको सिद्धिचरणचोक दफ्तर क्लबका अध्यक्ष राकेश शाही बताउँछन् । शाहीका अनुसार काठमाडौँ महानगरपालिकाले पनि सरसफाइ गर्दै आएको थियो । गुठी संस्थानका अधिकारीले सुन्धाराको यो जग्गाका विषयसहित अतिक्रमणमा परेका गुठी जग्गाबारे नेपाल सरकारबाटै छानबिन भइरहेको जानकारी दिएका छन्। यो समाचार गोरखापत्र दैनिकमा सरोज आचार्यले लेखेका छन्।





Comments

comments

33132