काठमाडौं उपत्यकाः रात्रि जीवन ब्युँताउन आग्रह

फाइल फोटो
बेलुका ५ बजे नै काठमाडौं उपत्यकाको रात्रि जीवन सकिने भएकाले यसलाई बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यस क्षेत्रका स्थानीय सरकार प्रमुखसँग आग्रह गरेका छन्।

बुधबार भ्रमण वर्षको सन्दर्भमा उपत्यका र आसपासका महानगरसहित १९ वटा नगरपालिकाका मेयर र उपमेयरसँगको छलफलका क्रममा उनले राजधानीजस्तो ठाउँमा रात्रि जीवन हुनुपर्ने बताएका हुन्।

नेपाल भित्रिने ९० प्रतिशत पर्यटक पहिले उपत्यकामै आउने भएकाले यहाँको अनुभव नै नेपालप्रतिको पहिलो अनुभव हुने भएकाले पर्यटक आकर्षित गर्ने किसिमका काम गर्न पनि उनले आग्रह गरे। यो समाचार गोरखापत्र दैनिकमा छ।





Comments

comments

33202
%d bloggers like this: