सभामुख टुंगो लगाउन नेकपालाई सकस, तुम्बाहाम्फेको विपक्षमा ओली

शिवमाया तुम्बाहाङ्फे (फाइल फोटो)

नेपाल कम्युनिष्ट पार्टीलाई नयाँ सभामुखको उम्मेदवार टुंगो लगाउन सकस भएको छ।

आज शुक्रबारका लागि प्रतिनिधिसभाको बैठक बोलाइए पनि नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन सकेको छैन।

सभामुख बन्नुपर्ने अडान उपसभामुख शिवमाया तुम्बाहाम्फेले राखेकी छन्। तर, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङलाई बनाउनुपर्ने पक्षमा रहेका छन्।

भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अग्नि सापकोटालाई सभामुख बनाउनुपर्ने अडानमा रहेका छन्।

निर्णय गर्ने ठाउँमा रहेका अध्यक्षद्वयले नै आ–आफ्नो अडान राखेपछि सभामुख चयनमा सहमति जुट्न सकेको छैन। यो समाचार नेपाल समाचारपत्रमा छ।





Comments

comments

33209