वर्षमा १४ हजारले बढ्यो सुन

फाइल फोटो

नेपाली बजारमा सुनको मूल्यमा एक वर्षमा करिब १३ हजार आठ सय रुपियाँले मूल्य वृद्धि भएको छ।

सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार तीन सय रुपियाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार रुपियाँ पुगेको छ।

अघिल्लो वर्ष २०७५ पुस १४ गते सुनको मूल्य प्रतितोला ५९ हजार पाँच सय रुपियाँ थियो । उक्त महिनामा यसको अधिकतम मूल्य ६० हजार सात सय रुपियाँ कायम भएको थियो।

गत असोजमा सुनको मूल्य बढेर ७३ हजार पाँच सय रुपियाँसम्म पुगेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्य भन्छन्, अबको केही दिनमा नयाँ रेकर्ड बनाउने सङ्केत देखापरेको छ।

सुनको मूल्य आश्चर्यजनक रूपमा वृद्धि हुनेमा आन्तरिक कारण मात्र चाँहि होइन । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्यमा वृद्धि भएको छ । अघिल्लो वर्ष यसै अवधिमा यसको मूल्य प्रतिऔँस करिब एक हजार दुई सय अमेरिकी डलर कायम भएको थियो । सोमबार भने एक हजार ५१२ डलरभन्दा बढीमा पुगेको छ । सुनसँगै नेपाली बजारमा डलरको मूल्यमा भएको वृद्धिका कारण पनि नेपालमा अधिक मूल्य वृद्धि हुन पुगेको हो । नेपाली बजारमा अमेरिकी डलर ११४।४८ रुपियाँमा बिक्री भएको छ।

त्यसका साथै एक नेपाली सुनको भन्सार दर पनि बढेको छ। आजकोगोरखापत्र दैनिकमा समाचार छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

33261