कुलमानले गर्ने भए आँखा दान

फाइल फोटो

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो आँखा दान गर्ने घोषणा गरेका छन्।

तिलगंगा आँखा प्रतिष्ठानमा मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक श्रद्धाञ्जलिसभामा घिसिङले आँखा दान गर्ने घोषणा गरेका हुन्।

‘मृत्युपर्यन्त स्वर्ग जाने भनेको आँखाजस्तो संसार देखाउने अंग दान गरेर मात्र सकिन्छ । सबैभन्दा पुण्य काम भनेकै आँखालाई सहीरुपमा अरुलाई प्रत्यारोपण गर्नु हो,’ उनले भने, ‘सही र सत्य भगवान् भनेकै परेका बेलामा दिन सक्ने व्यक्ति हो । मानवले आफ्नै निर्णयबाट दिन सक्ने मृत्युपर्यन्त आँखा दान हो । आँखा दान गरौं र आँखा नदेख्नेलाई संसार देखाएर पुण्य कमाउँ।’

यो समाचार नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेकी छिन्।





Comments

comments

33265