भ्रमण वर्षको रौनकले छोएन रोल्पालाई

फोटोः दीप घिमिरे / ट्वीटर

नेपाल भ्रमण वर्ष २०२० सुरु हुन एक दिनमात्र बाँकी छ। यसको तयारीका लागि देशभर विभिन्न कार्यक्रम भइरहेका छन्।

तर, रोल्पामा भने भ्रमण वर्षको कुनै रौनक देखिँदैन। पर्यटकीय सम्झावना रहेका थुप्रै गन्तव्य रहे पनि त्यसको प्रचारप्रसार तथा प्रवद्र्धनमा सरोकारवाला निकायहरु उदासीन देखिएका छन्।

भ्रमण वर्षको तयारीका लागि केही दिनअघि जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाको संयोजकत्वमा तदर्थ समिति गठन गरेर प्रदेशमा पठाए पनि अहिलेसम्म कुनै प्रक्रिया नआएको प्रमुख बुढाले बताए । ‘अहिलेसम्म प्रदेशबाट कुनै कार्यक्रम आएको छैन, यदी कुनै कार्यक्रम तय भएर आयो भने सो अनुरुप तयारी गर्छौं,’ उनले भने। यो समाचार आर्थिक अभियानमा छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

33268