घरआँगनमै नाच्न थाले कस्तुरी

फाइल फोटो

रसुवाको लाङ्टाङ जङ्गलमै दुर्लभ बन्दै गएको कस्तुरी अचेल लाङ्टाङवासीका घरआँगनमा नाच्न थालेका छन्।

लाङ्टाङमा कस्तुरीको सङ्ख्यामा वृद्धि भएपछि स्थानीय बासिन्दाका घरआँगनमा कस्तुरी देखिन थालेका हुन् । कस्तुरीका लागि आवश्यक चरिचरन र वासस्थान सुरक्षित भएपछि सङ्ख्या बढेको हो।

लाङ्टाङ राष्ट्रिय निकुञ्जले यस क्षेत्रका जङ्गलमा दाउरा काट्न नदिएपछि कस्तुरीको सङ्ख्या वृद्धि भएको स्थानीयवासी बताउँछन्। लाङ्टाङवासीले दाउराको सट्टा वैकल्पिक ऊर्जा र ग्यास प्रयोग गर्न थालेसँगै जङ्गल संरक्षण भई कस्तुरी बढ्न थालेको हो । अहिले घरआँगनमा कस्तुरी नाच्न थालेको स्थानीय ग्याल्बु लामाले बताए।

लाङ्टाङमा वैकल्पिक ऊर्जा प्रयोग र जङ्गल संरक्षण गर्न राष्ट्रिय निकुञ्ज, नेपाली सेना, मध्यवर्ती क्षेत्र उपभोक्ता समूह र हिम चितुवा संरक्षण समूहले नियमित गस्ती थालेपछि कस्तुरी तथा वन्यजन्तु बढेका छन्। लाङ्टाङ गाउँमाथि र क्यान्जिन हिम उपत्यका पारिको जङ्गलमा ठूलो सङ्ख्यामा कस्तुरी देख्न थालिएको लामाले बताए। यो समाचार  गोरखापत्र दैनिकमा हेमनाथ खतिवडाले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

33344