जापानले माग्यो एक हजार नेपाली

फाइल फोटो

जापानले जनवरी र मार्चमा जापानी भाषा परीक्षा सञ्चालन गरेर नेपालबाट १ हजार युवालाई रोजगारीका लागि लैजाने भएको छ।

वैदेशिक रोजगार विभागले शुक्रबार सूचना सार्वजनिक गर्दै नर्सिङ केयर गिभरका लागि सो संख्यामा नेपाली युवालाई रोजगारका लागि लैजान लागेको जनाएको हो।

यसअघि पनि एक चरणमा परीक्षा सञ्चालन गरे पनि थोरै संख्यामा मात्र नेपाली उर्तीण भएका थिए।

नेपाल र जापान सरकारबीच केही महिनाअघि भएको ‘सहयोग समझदारी’ (एमओसी) बमोजिम नेपालबाट नर्सिङ केयर गिभरको लागि पुनः परीक्षा गर्न लागिएको हो।

जनवरी र मार्चमा सञ्चालन गरिने परीक्षा जापान फाउन्डेसनले गर्ने भएको छ । परीक्षा जनवरी ७ देखि २९ गतेसम्म पटकपटक गरेर १० दिनसम्म सञ्चालन हुनेछ । यसैगरी मार्चमा पनि ३ तारिखदेखि पटकपटक गरेर १२ दिनसम्म सञ्चालन हुनेछ।

परीक्षा युनिभर्सल ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्च्यिुट काठमाडौँमा हुनेछ। यो समाचार कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

33348