ओली–दाहालसँग तुम्बाहाङ्फेले भनिन्, ‘मलाई नै सभामुख बनाउनुस्’

फाइल फोटो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसमक्ष उपसभामुख डा. शिवमाया तुम्हाहाङ्फेले आफूलाई सभामुख बनाउन प्रस्ताव गरेकी छिन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा उपसभामुख तुम्बाहाङ्फेले यस्तो प्रस्ताव गरेकी हुन्।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले तुम्बाहाङफेलाई उपसभामुख पदबाट राजीनामा गर्न छलफलमा बोलाएका थिए।

ओली, दाहाल र तुम्बाहाङफेको त्रिपक्षीय छलफलमा सभामुखको उम्मेदवार टुंगो लगाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। उपसभामुख तुम्बाहाङफेले सभामुखको टुंगो नलागेसम्म आफूले राजीनामा गर्न नसकिने बताएकी छन्। यो समाचार राजधानी दैनिकमा सुभाष साहले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

33426