सङ्गीतबाट निको हुन्छन् धेरै रोग

फाइल फोटो

सङ्गीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा कतिलाई त अनौठो लाग्न सक्छ, तर यो अनौठो कुरा भने होइन।

विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये सङ्गीत चिकित्सा (म्युजिक थेरापी) पनि एक राम्रो माध्यम हो।

बौद्धका शान्तरत्न शाक्यले यसलाई ‘सिङ्गिङ बल’ थेरापी भनिने जानकारी दिए । यस्तो उपचारबाट उच्च रक्तचाप, डिप्रेसन, माइग्रेन, हाडजोर्नी दुखाइका साथै विशेषतः कान बज्ने रोगमा प्रभावकारी हुन्छ । नौ वर्षको उमेरमा शाक्यले बाजेबाट सिकेर उपचार पद्धति थालेको ३७ वर्ष भइसक्यो । उनी भन्छन्, ‘‘यो झन्डै १८० वर्ष पुरानो उपचार पद्धति हो । बिरामीले अलिकति विश्वास लिए निको हुन्छ।’’

उहाँले सङ्गीत चिकित्साको प्रयोगबाट टाउकाको दुखाइ, रुघाखोकी, मानसिक तनाव, मनोरोग आदिको उपचार हुने जानकारी दिए । यस चिकित्साका माध्यमबाट पिट्युटरी ग्रन्थी उत्प्रेरित गर्न सकिने भएकाले शरीरका कोषिकामा हुने कम्पनले बिरामीको समस्यामा सुधार ल्याउँछ।

सङ्गीत चिकित्सामा शारीरिक तथा मानसिक दुवै पक्षमा सकारात्मक प्रभाव पार्ने शक्ति भएका कारण रोगीको रुचिअनुसारको सङ्गीत सुनाएर दुवै खाले शारीरिक तथा मानसिक समस्या समाधान गर्न सकिने शाक्यले बताए। यो समाचार गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छिन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

33429