कतार जानेभन्दा फर्कने कामदार बढी

फाइल फोटो

विगत एक वर्षमा रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको तुलनामा स्वदेश फर्किनेको सङ्ख्या बढी रहेको देखिएको छ।

नेपाल सरकारले फर्कने नेपालीको संख्या नराख्ने गरेका कारण कति नेपाली फर्के भने जानकारी नै हुने गरेको थिएन।

कतार जानेभन्दा फर्कने नेपालीको संख्या बढी हुनु मानव संशाधन विकासका दृष्टिकोणले नेपाललाई फाइदा हुने भए पनि आगामी वर्षमा कतारबाट आउने रेमिट्यान्समा भने असर पर्ने देखिन्छ।

कतारमा हुने विश्वकम फुटबलका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगसँगै त्यहाँ कार्यरत अदक्ष नेपाली श्रमिकको संख्या घट्दै गइरहेको देखिएको हो । यो समाचार कारोबार दैनिकमा गोपाल संग्रोलाले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

33440