ठेक्का प्रक्रिया नटुंगिदा साढे तीन अर्बको सडक आयोजना अलपत्र

फाइल फोटो

क्षेत्रीय सहरी विकास कार्यक्रमले ठेक्का स्वीकृत गर्न नसक्दा सुदूरपश्चिमको अर्बौको अत्याधुनिक सडक निर्माण कार्यक्रम अलपत्र परेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालय र क्षेत्रीय सहरी विकास कार्यक्रमको ऋण दाता एसियाली विकास बैंकबीच कालोसूचीको प्रक्रियामा रहेको रमण–पप्पु जेभीलाई ठेक्का प्रक्रियामा रहेको रमण–पप्पु जेभीलाई ठेक्का दिने प्रक्रिया अन्योलमा परेको हो।

ठेक्का लिएर वर्षौंदेखि काम नगरेको भन्दै हुलाकी सडक आयोजनाले रमण–पप्पु जेभीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो।

सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण–पप्पु जेभीलाई कालोसूचीमा राखेपछि सुदूरपश्चिमका चार नगरपालिकामा सडक विस्तारका योजना अगाडि बढ्ने आश गरिएको छ। यो समाचार कारोबार दैनिकमा मुकेश चौधरीले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

33443