गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

फाइल फोटो

आउँदो गणतन्त्र दिवसको दिन अर्थात २०७७ जेठ १५ गतेदेखि सर्वसाधारणका लागि गणतन्त्र स्मारक खुला गरिने भएको छ।

सरकारले स्मारक नारायणहिटी दरबार संग्राहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेपछि १२ औं गणतन्त्र दिवसको दिन सो स्मारक खुला गर्ने तयारी सुरु गरिएको हो।

निर्माण सम्पन्न भएको ७ वर्षपछि हस्तान्तरण भएको स्मारकलाई व्यवस्थापन गर्न कम्तिमा पनि तीन महिना लाग्ने भएकाले सोही अनुसार तयारी सुरु भएको समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए।

शहरी विकास तथा भवन निर्माण विभागले २०६९ चैतबाट गणतन्त्र स्मारक निर्माण गर्न सुरु गरेको थियो। यो समाचार नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

33525