भारतीय पर्यटकलाई नेपाल भ्रमण असहज बन्दै…

फाइल फोटो

भारतीय पर्यटकहरुका लागि नेपाल भ्रमण असहज बन्दै गएको भारतीय सरोकारवालाहरुले बताएका छन्।

केही समयअघि पोखरामा भारतीय सवारीसाधन लिएर घुम्न जान निषेध गरिनु, स्थलमार्ग भएर नेपाल आउने क्रममा सीमा नाकामा भारतीय पर्यटकमाथि दुर्व्यवहार बढ्दै जानु जस्ता कारणले भारतीय पर्यटक घटेको व्यवसायीहरु बताउँछन्।

भारतीयहरुलाई पर्यटकको रुपमा नै नहेर्ने लगायतका कारणले उनीहरुको भ्रमण रोजाइमा नेपाल परे पनि पछिल्ला दिनमा असहजता महसुस गर्दै गएको एसोसियसन अफ बुद्धिष्ट टुर अपरेटर्सका महासचिव कौशल शर्माले बताए।

नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी हिस्सा भारतीय पर्यटकमध्ये सबैभन्दा बढी हिस्सा भारतीय पर्यटककै छ । यो समाचार कारोबार दैनिकमा मनोरञ्जन शर्माले लेखेका छन्।





Comments

comments

33691