Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
विश्वकै अग्लोमध्ये एक कुस्माको बञ्जीजम्पको सफल परीक्षण – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

विश्वकै अग्लोमध्ये एक कुस्माको बञ्जीजम्पको सफल परीक्षण

.

पर्वतको कुस्मा बजारमा कालीगण्डकी नदीमाथि बनेको विश्वकै अग्लो मध्ये एक बञ्जीजम्पको सफल परीक्षण भएको छ।

पर्वनको सदरमुकाम कुश्मा बजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकाको बलेवा जोड्ने गरी कालीगण्डकीमाथि निर्माण भएको पुलबाट २ सय २८ मिटर अग्लो बञ्जीजम्पको श्रीपञ्चमीको शुभसाइतमा बिहीबार सफल परीक्षा गरिएको हो।

द क्लिफ नेपाल प्रालिले सञ्चालन गरेको बञ्जीमा यसअघि ड्रम पठाएर परीक्षण गरिँदै आएकोमा बिहीबार मानिसले नै पहिलो पटक परीक्षण गरेका छन् । बञ्जीका सञ्चालक राजु कार्कीले बन्जी शुभारम्भ गरेका थिए।

प्राकृतिक पुलमा निर्माण भएको विश्वकै अग्लो बञ्जीजम्प भएको दाबी सञ्चालकको छ । बञ्जी जम्पमा आउने पर्यटकहरुलाई ध्यानमा राखेर बागलुङको बलेवामा २५ रोपनी क्षेत्रफल जग्गामा क्याम्पिङ रिसोर्ट सञ्चालनका लागि संरचना निर्माण काम भइरहेको छ । रिर्सोटमा सबैजसो कोठाहरु टेन्टबाट बनाइँदैछ। नेपाल समाचारपत्र दैनिकमा समाचार प्रकाशित छ।





Comments

comments

33696