Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
स्वास्थ्य उपचारका नाममा सांसदहरु यसरी गर्छन् ब्रम्हलुट… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

स्वास्थ्य उपचारका नाममा सांसदहरु यसरी गर्छन् ब्रम्हलुट…

फाइल फोटो

काठमाडौं । सर्वसाधारण जनताले सहज तरिकाले सामान्य स्वास्थ्य उपचार र औषधिसमेत पाउन नसकिरहेको बेला सांसदहरूका लागि भने औषधि उपचारबापत राज्यले लाखौं रुपैयाँ खर्च व्यहोर्दै आएको छ।

सांसदहरूले निजी अस्पतालमा गर्ने महँगो उपचारको भुक्तानीसमेत राज्यले नै गर्दै आइरहेको छ । निजीमा उपचार गर्दा लाग्ने खर्चको ५० प्रतिशत र सरकारीमा गर्ने उपचारको पूर्ण खर्च सरकारले नै बेहोर्दै आइरहेको छ।

अधिकांश सांसदले निजी अस्पतालबाट उपचार गरेबापत संघीय संसद् सचिवालयबाट रकम लिने गरेको पाइएको छ । एक वर्ष दुई महिनाको अवधिमा संघीय संसद् र राष्ट्रिय सभाअन्तर्गत रहेका १ सय २५ सांसदले स्वास्थ्य उपचार खर्चको नाममा २६ लाख २७ हजार तीन सय १० रुपैयाँ लिएको संघीय संसद् सचिवालयले जनाएको छ । १४ भदौ २०७५ देखि १ माघ २०७६ सम्म सो रकम सांसदहरूलाई भुक्तानी दिएको पाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

धेरै रकम लिने सांसद (प्रतिनिधिसभा, राष्ट्रिय सभा)

प्रकाशमान सिंह १,३२,७३१
ज्ञानकुमारी छन्त्याल ४७,५५३
नरपति लुवार ४१,५५५
प्रमिला कुमारी ३७,३५०
घनश्याम खतिवडा ३५,११३
मिना पाण्डे ३३,९७५
नरमाया ढकाल ३३,०४२
दुलारीदेजी खत्वेनी ३२,६८१
लक्ष्मणलाल कर्ण ३१,६५०
नारायणप्रसाद खतिवडा २६,२८२
चन्द्रबहादुर खड्का २१,६६४
सुजाता परियार १५,४८४





Comments

comments

33699